हेटौंडाः मकवापुरमा पछिल्लो २४ घण्टामा १ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरण अनुसार १५४ जनाको पीसीआर रिपोर्ट र ३१ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ देखिएको हो ।

यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २ कोभिड संक्रमितको मृत्यु भएको छ । जिल्लामा मृत्यु हुनेहरुको संख्या ५१ पुगेको छ । सबैभन्दा धेरै हेटौंडा उपमहानगरको १ सय ४८, थाहा नगरको ११, मकवानपुरगढीको ५, मनहरीको १२ र राक्सिराङको १ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा २ सय ७५ जनाको स्वाब संकलन गरेर कोरोनाको पीसीआर परीक्षण गर्दा १ सय ५४ जनामा पोजेटिभ आएको हो । यस्तै ६८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो ।