हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघको ५९ औँ वार्षिक साधारण सभा सुरू भएको छ । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा हेटौँडा–२ स्थित पल्पसा प्याराडाइज होटलमा शनिबार (आज) बिहान साधारणसभा सुरु भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठक, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, संघका पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य कृष्ण कटुवाल, राजकुमार न्यौपाने लगायतका अतिथिहरूको उपस्थिति रहेको छ । मकवानपुर उद्योग वाणिज्य संघमा २ हजार २ सय ६५ जना सदस्य छन् ।









