Home अर्थ/व्यापार आज पनि मकवानपुरमा एक सय पाँच टन मल वितरण गरिँदै

आज पनि मकवानपुरमा एक सय पाँच टन मल वितरण गरिँदै

हेटौंडाः साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आज मकवानपुर जिल्लाका सहकारीलाई युरिया मल वितरण गरिरहेको छ । सरकारी सहुलियत अनुदानको युरिया मल आज एक सय पाँच टन वितरण गर्न लागेको साल्ट ट्रेडिङ कर्पोरेसन हेटौंडाका प्रमुख शैलेश पाण्डेले जानकारी दिनुभएको छ ।

साल्ट ट्रेडिङले गएको शुक्रबार पनि एक सय पाँच टन मल वितरण गरेको थियो । आज साल्ट ट्रेडिङले हेटौंडा बजारका सहकारीलाई भने मल उपलब्ध गराएको छैन । नगरको ग्रामीणक्षेत्र र जिल्लाका गाउँपालिकाका सहकारीलाई मल वितरण गरेको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख शैलेश पाण्डेले जानकारी दिनुभयो । अहिले वर्षे धानमा मल हाल्न समस्या भएको भन्दै देशभरका किसान चिन्तामा छन् ।