Home अर्थ/व्यापार मौसम बदलिका कारण तरकारीको भाउ बढ्यो

मौसम बदलिका कारण तरकारीको भाउ बढ्यो

हेटौँडा : केहिदिन देखी परेको पानी र मौसम अवस्थाका कारण हेटौँडामा तरकारीको मूल्य बढेको छ । दुइ साताअघि थोक बजारमा कम रहेको तरकारीको मूल्य बढेको तरकारी व्यावसायी गोविन्द दाहालले जानकारी दिनुभयो ।

शुक्रबार थोक बजारमा काउली प्रतिकिलो ५० रुपैयाँ रहेको छ । यस्तै गोलभेडा लोकल ६५ र इन्डिएन ३० रुपैयाँ, गाजर २५, प्रतिकिलो लौका ७५ रुपैयाँ, बन्दा १५ रुपैयाँ, भण्टा ३५ रुपैयाँ, भिडे खुर्सानी १०० रुपैयाँ, मुला १५, मटरकोसा ४५, काक्रो ३०, बोडि १२०, तितेकरेला १३०, भिण्डी १३०, हरियो खोर्सानि १४०, लट्टे साग २५, फर्सि ५०, हरियो प्याज साग ६०, लसुन साग ५०, आलु लाम्चो १७, डल्लो १९ र प्याज ३५ रुपैयाँ प्रतिकिलो बिक्री भई रहेको दाहालले जानकारी दिनुभयो । भारतबाट आयात हुने तरकारीको भाउमा भने अहिले बजारमा बढी रहेको पाइन्छ ।

Exit mobile version