हेटौँडा : लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका हेटौँडा–१ का लुभु भनिने सुरेश लोप्चन पक्राउ परेका छन् ।
लागूऔषध नाईट्राभेट मुद्दामा दोषी ठहर भई ३३ वर्षीय लोप्चनलाई २ वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना गर्न मकवानपुर जिल्ला अदालतले आदेश दिएको थियो । लोप्चनलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोप्चनलाई आवश्यक कारवाहीका लागि मकवानपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
