Home मुख्य समाचार बेहोस भई ढलेकी सोनमको मृत्यु

बेहोस भई ढलेकी सोनमको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–६ स्थित भ्युटावर नजिक एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका–६ घर भई हाल भिमेश्वर नगरपालिका–६ भालुखोलामा बस्ने ३९ वर्षीया सोनम शेर्पा रहेको बागमती प्रदेश प्ररही कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार दिउँसो ४ बजेर १० मिनेटको समयमा सोनम खड्काटोलमा आफन्तको घर गएर फर्किने क्रममा बाटोमै एक्कासि बेहोस भएर ढलेरकी थिइन् । उनलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल लैजाने क्रममा साँझ ५ बजेको समयमा बाटोमै उनको मृत्यु भएको अस्पतालका चिकित्सकले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानमका क्रममा उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version