Home मुख्य समाचार लागु औषध ट्रामाडोलसहित हेटौंडाका सोनम मोक्तान पक्राउ

लागु औषध ट्रामाडोलसहित हेटौंडाका सोनम मोक्तान पक्राउ

बरामद भएको ट्रमाडोल क्याप्सुल।

हेटौंडाः लागु औषध ट्रामाडोलसहित हेटौंडा–१३ का सोनम मोक्तान पक्राउ परेका छन् । बिहिबार बिहान मोक्तान हेटौंडा–१ स्थित तरकारी बजारबाट पक्राउ परेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


बिहिबार बिहान ११ बजेर ३० मिनेटको समयमा राप्तिरोडबाट थानाभर्‍याङतर्फ अटो लिएर जाँदै गरेका मोक्तान प्रहरी टोलीलाई देख्दा भागेका थिए । प्रहरीले पिछा गरेका उनि बा प्र ०३–०० १ ह ०१२६ नम्बरको अटोसहित पक्राउ परेका हुन् । अटोभित्र लुकाई छिपाई राखिएको अवस्थामा १५ हजार ९ सय ६० वटा ट्रमाडोल क्याप्सुल बरामद भएको हो । उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी थप अनुसन्धान तथा करवाही भइरेको प्रहरी जनाएको छ ।

Exit mobile version