Home अर्थ/व्यापार ७ करोड लगानीमा हेटौँडामा खुल्यो ‘होटल ब्राण्ड’

७ करोड लगानीमा हेटौँडामा खुल्यो ‘होटल ब्राण्ड’

हेटौँडा : करिब ७ करोड लगानीमा हेटौँडामा होटल ‘ब्राण्ड’ सञ्चालनमा आएको छ । हेटौँडा–१०, वाइपासरोडमा व्यवसायी किशोरकुमार डंगोलले होटल ब्राण्ड शनिबारदेखि सञ्चालनमा ल्याउनुभएको हो । १८ वटा सुविधासम्पन्न कोठासहितको होटलमा रेष्टुरेन्ट र भूमिगत पार्किङको पनि सुविधा रहेको छ ।

प्रदेश राजधानी सहरमा पाहुनाको सुविधा र सहजताका लागि होटल सञ्चालनमा ल्याएको सञ्चालक डंगोल बताउनुहुन्छ । खुला र आकर्षक कोठा रहेको होटल ब्राण्डमा २ सय जनासम्म सहभागी गराउन सकिने सभाहल पनि रहेको डंगोल बताउनुहुन्छ । आफ्नै स्वामित्वको जमिनमा भवन बनाएर होटल सञ्चालन गर्न लागिएको उहाँको भनाई छ ।

हेटौँडा आउने पाहुनालाई सहज बसाई सुविधा प्रदान गर्ने गरी होटल सञ्चालन गरिएको उल्लेख गर्नुहुँदै सञ्चालक डंगोलले भन्नुभयो, ‘हामी हेटौँडा आउने पाहुनालाई हेटौँडाको पर्यटकीयस्थलको भ्रमण गर्न पनि प्रोत्साहित गर्छौं । यातायात व्यवसायीसँगको सहकार्यमा पाहुनालाई हेटौँडाका पर्यटकीयस्थलको भ्रमण गर्न, गराउन सहयोग गर्नेछौं ।’ हेटौँडा आउने पर्यटकको बसाई अवधि लम्ब्याउने विषयमा पनि व्यवसायीले ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

भवन निर्माण सुरु गरेलगत्तै कोभिड–१९ को सामना गर्नुपर्ने बताउनुहुँदै डंगोलले भन्नुभयो, ‘कोभिड–१९, अन्तर्राष्ट्रिय मन्दीपछि अहिले व्यवसायमा केही सकारात्मक संकेत देखिएका बेला लगानीबाट प्रतिफल लिन सकिने देखेर होटल सञ्चालन गरेका छौं ।’

Exit mobile version