Home मुख्य समाचार बकैयामा ट्रर्याक्टरबाट लडेर इन्द्रबहादुर ब्लोन घाइते

बकैयामा ट्रर्याक्टरबाट लडेर इन्द्रबहादुर ब्लोन घाइते

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७ खर्कटाईमा पराल लोड गर्ने क्रममा ट्रर्याक्टरबाट लडेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बकैया–७, रानिदमारका ५० वर्षीय इन्द्रबहादुर ब्लोन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो १ बजेर १५ मिनेटको समयमा प्र.२–००१ त ४३७३ नम्बरको ट्रर्याक्टरमा पराल लोड गर्दैगर्दा ढालाबाट दसेर ब्लोन घाइते भएका थिए । घाइतेलाई ब्लोनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । ट्रर्याक्टर चालक बकैया–७ का २१ वर्षीय किरण स्याङबो र साहु राजन घिमिरे आफ्नो घरमा प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ ।