Home मुख्य समाचार ३ जिल्लामा एकैदिन ३ जना मृत फेला

३ जिल्लामा एकैदिन ३ जना मृत फेला

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जना मृत फेला परेका छन् । प्रदेशको चितवन, नुवाकोट र दोलखामा ३ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा एक पुरुषको मृत फेला परेका छन् । बुधबार बिहान १० बजेर ४० मिनेटको समयमा त्रिशुली नदी किनारमा हाल नाम थर नखुलेको अन्दाजी ५० वर्षीय पुरुषको मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि सरकारी अस्पताल भरतपुरमा लगिएको छ ।

नुवाकोटको मेगाङ गाउँपालिका–२, नाकेकुवामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझ ५ बजेर २० मिनेटको समयमा गोरेटो बाटोमा नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

दोलखाको बिगु गाउँपालिका–१, ठोङठाङ भिरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिगु गाउँपालिका–२, ओराङ देउलाङ बस्ने २१ वर्षीय आङफुर्वा तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार साँझ ७ बजेको समयमा सस्नेरी हाइड्रोपावरका कर्मचारी सुजन भण्डारीको बा ४२ प ४९०० नम्बरको मोटरसाइकल लिएर गएकोमा घरबाट नफर्केपछि खोजतलास गर्दै जाँदा बुधबार बिहान १० बजेको समयमा सडकबाट एक सय मिटर तल भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version