Home खेलकुद बागमती गाउँपालिकाले पुरुष फुटबल टिमलाई प्रशिक्षणमा बोलायो

बागमती गाउँपालिकाले पुरुष फुटबल टिमलाई प्रशिक्षणमा बोलायो

बागमती गाउँपालिकाले पुरुष फुटबल टिमलाई प्रशिक्षणमा बोलाएका खेलाडीहरुको नाम लिष्ट ।

हेटौंडा : बागमती गाउँपालिकाले असोज ५ गते गरेको अन्तिम छनोटबाट छनोट भएका १५ देखि २१ वर्ष उमेर समूहका खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गरी छनोट भएका ३५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।

बागमती गाउँपालिका खेलकूद विकास समितिले गुणस्तरीय, प्रतिस्पर्धी र क्षमतावान फुटबल खेलाडी तयार गर्न असोज ३ गतेदखि ५ गतेसम्म छनोट कार्य गरेको थियो । जसबाट ३५ जना खेलाडी छनोट भएको थिए ।

छनोट हुनेहरुमा आयुष बज्यु, सिमान्त लोप्चन, सुभाष थिङ, युकेश थिङ, प्रविन राई, आयुष राई, सुशील मोक्तान, अमर पाख्रिन, अनिस भोलन, एलोन राई, सुरेश भोलन, मङ्गल थिङ, निर्देश घलान, साजन थिङ, भीमबहादुर जिम्बा, लक्षु विक, सञ्जय गोले, सोहन लोप्चन रहेका छन् । यसैगरी विकल राना मगर, सरोज धनुकी, राजध्वज गोले, विवेक घिसिङ, विजय घिसिङ, कुन्साङ भोलन, सरोज माझी, दलबहादुर खुलाल, समिर गोले, करण भोलन, लाक्पा बल, श्री मगर, नवीन राई, नवराज परियार, चट्टान भुजेल, बसन्त गोले र सुदिप भोलन रहेका छन् । प्रशिक्षण कात्तिक १८ गतेदेखि बागमती–४ स्थित लम्कनाको खेल मैदानमा हुनेछ ।

पालिकाले यसअघि नै उमेर समूहका खेलाडी छनोट गरी व्यावसायिकरुपमा खेलाडी उत्पादन गर्न एकेडेमी सञ्चालन गरिसकेको छ । एकेडेमीका प्रमुख प्रशिक्षक मेघराज केसी हुनुहुन्छ । त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षकसमेत रहनुभएका केसीले अहिलेसम्म ८ वटा क्लबको प्रशिक्षकको जिम्मेवारी लिइसक्नु भएको छ ।

Exit mobile version