Home मुख्य समाचार ‘मोन्था’ चक्रवातको प्रभाव : हेटौँडामा दिनभर वर्षा

‘मोन्था’ चक्रवातको प्रभाव : हेटौँडामा दिनभर वर्षा

दिनभर वर्षासँगै साँझ केहीबेर वर्षा रोकिए पनि वर्षा गराउने बाक्लो बादलले ढाकिएको हेटौँडाको आकाश ।

हेटौँडा : बंगालको खाडीमा उत्पन्न भएको ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा समेत देखिएको छ । मोन्थाको प्रभावका कारण बिहीबार बिहानैदेखि मकवानपुरसहित देशभर अविरल वर्षा भइरहेको छ ।

हेटौँडामा बिहानैदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ चक्रवात भारतको पश्चिम बंगाल हुँदै नेपालतर्फ सरिरहेको छ । यसले विशेषगरी बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा वर्षा र चट्याङसहितको मौसमी गतिविधि तीव्र बनाएको हो ।

विभागका पूर्वानुमान शाखाले आगामी २४ घण्टासम्म बागमती प्रदेशका मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना जनाएको छ । वर्षासँगै कतिपय ठाउँमा पहिरोको जोखिम पनि बढेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।