हेटौँडा : हेटौँडा–१९, राप्ती खोलामा एक बालिका मृत फेला परेकी छन् । मृत फेला पर्नेमा हेटौँडा–१९ पुल्चोकटोल बस्ने ९ वर्षीया प्रभा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मंगलबार दिउँसो ४ बजेको समयमा बालिका घरमा कसैलाई नभनि वेपत्ता भएकी थिइन् । बालिकालाई खोजतलास गर्दै जाँदा बुधबार बिहान ८ बजेर १५ मिनेटको समयमा राप्ती खोलाको पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको छ ।
