हेटौँडा : दोलखा जिल्लाको बिगु गाउँपालिका–७, बिगुमा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीय धन बहादुर भुजेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार बिहान ११ बजेको समयमा भुजेल सामुदायिक बनमा चौरी गाई चरनको लागि गएका थिए । अबेरसम्म नफर्के पश्चात खोजतलास गर्दै जाँदा आइतबार बिहान ८ बजेर ३० मिनेटको समयमा चौरी गाई भालुको आक्रमणबाट मारेको र भुजेल घाइते अवस्थामा फेला परेका थिए । घाइते भुजेललाई उपचारका लागि दोलखास्थित पशुपती चौलागाइ स्मृती अस्पताल चरिकोट लगिएको प्रहरीले जानकारी दिएको छ ।
