Home अर्थ/व्यापार दिव्यसेवा निकेतनलाई खाद्यान्न सामग्री सहयोग

दिव्यसेवा निकेतनलाई खाद्यान्न सामग्री सहयोग

खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडा : मकवानपुर फर्निचर व्यवसायी संघले हेटौंडा—१५ स्थित दिव्यसेवा निकेतन जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको एघारौं स्थापना दिवसको अवसमार निकेतनलाई ३२ हजार रुपैयाँ बाराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

महासंघका केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा महासंघको केन्द्रीय उपाध्यक्ष गोकुल श्रेष्ठ, प्रदेश सचिव कृष्ण अर्याल तथा आश्रमका अध्यक्ष टिआर निरौलाको आतिथ्य रहेको थियो । महासंघका केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष न्यौपानेका अनुसार खाद्यान्न सामग्री उपलब्ध गराएकोमा आश्रमका अध्यक्ष निरौलाले धन्यवाद दिनुभएको छ । आश्रमलाई आवश्यक सबै किसिमका दैनिक उपभोग्य सामग्री सहयोग गरेकोमा आश्रमले धन्यवाद दिएको हो ।