Home मुख्य समाचार लागूऔषधसहित हेटौँडाबाट ३ जना पक्राउ

लागूऔषधसहित हेटौँडाबाट ३ जना पक्राउ

लागूऔषधसहित पक्राउ परेका ३ जना ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो ३ बजेको समयमा हेटौँडा–८, औद्योगिक क्षेत्रको पानी ट्याङ्की नजिकबाट १ हजार ७ सय ७० क्याप्सुल लागूऔषध ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले ना ३८ प ३१८५ नम्बरको मोटरसाईकल र ना २१ प १७१ नम्बरको स्कुटर रोकेर शंकास्पद रुपमा बसिरहेको अवस्थामा हेटौँडा–१५, शिखरपानीका २४ वर्षीय महेश तामाङ, भीमफेदी गाउँपालिका घर भई हाल हेटौँडा–९ मा डेरा गरी बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौँडा–१३ का ४० वर्षीय सोम स्याङ्तानलाई लागूऔषधसहित पक्राउ गरिएको जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

Exit mobile version