हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । सोमबार राती १० बजेको समयमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जम्बुडांडाबाट हेटौँडा–३, लेवटतर्फ आउँदै गरेको ना ६३ प २५६१ नम्बरको स्कुटरबाट लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले स्कुटर चालक स्थानिय ४३ वर्षीय प्रताप सिं मोक्तानलाई सुरक्षा जाँच गर्दा स्कुटरको अगाडी खुट्टा राख्ने ठाँउमा जेब्रा झोलामा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा बरामद गरेको थियो । प्रहरीले प्रतापको साथबाट १३ किलो गाँजा बरामद गरेको थियो । प्रतापलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
