Home खेलकुद इन्द्रसरोवरमा खेलकुद विकास समिति गठन, अध्यक्षमा रत्नबहादुर

इन्द्रसरोवरमा खेलकुद विकास समिति गठन, अध्यक्षमा रत्नबहादुर

गाउँ खेलकुद विकास समितिको नवनियुक्त अध्यक्ष रत्नबहादुर थापालाई सपथ गराउनुहुँदै गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गाउँ खेलकुद विकास समिति गठन गरिएको छ । हालै गाउँ खेलकुद विकास समिति ऐन–२०८१ जारी गरेर गाउँपालिकाले खेलकुद विकास समिति गठन गरेको हो ।

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले तेक्वान्दो खेलाडी इन्द्रसरोवर गाउँपालिका–२ का रत्नबहादुर थापालाई गाउँ खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गर्नुभएको छ । थापाको नेतृत्वमा ५ सदस्यीय गाउँ खेलकुद विकास समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृतले सुरेश शाहको नाम सिफारिस गर्नुभएको छ भने अन्य सदस्यमा इन्द्रसरोवर–१ का कराँते खेलाडी सुवास विष्ट, इन्द्रसरोवर–३ का फुटबल खेलाडी सरोज थिङ र भलिबल खेलाडी रुस्ना बललाई सदस्य मनोनित गरिएको छ ।

आइतबार गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले नवनियुक्त अध्यक्ष रत्नबहादुर थापासहित सदस्यहरुलाई सपथ गराउनुभएको छ । नवनियुक्त समितिको कार्यकाल ५ वर्षको हुनेछ । यस्तै गाउँपालिकाले व्यवसाय दर्ता ऐन पनि जारी गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभएको छ ।

गाउँ खेलकुद विकास समितिको नवनियुक्त सदस्यहरुलाई सपथ गराउनुहुँदै गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी ।
Exit mobile version