हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७, सुकौरामा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा सुकौराका रामबहादुर मोक्तानको बारीमा रुख ढाल्ने क्रममा सोही रुखले च्यापिएर ३१ वर्षीय राम राई गम्भीर घाइते भएका थिए ।
मोरङ जिल्लाको मिथलाजुङ गाउँपालिका–१ घर भई सुकौरामा डेरा गरी बस्ने राईलाई उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा बिहीबार दिउँसो २ बजेर ४३ मिनेटको समयमा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
