Home खेलकुद चर्च युथ, ११ ब्रदर्श र टिम ट्वान्टी फाइभको जित

चर्च युथ, ११ ब्रदर्श र टिम ट्वान्टी फाइभको जित

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको खेलमैदानमा जारी २३ वर्ष भन्दा कम उमेर समूहको ७ ए साइड फुटबल प्रतियोगितामा चर्च युथ क्लब, ११ ब्रदर्श, टिम ट्वान्टी फाइभले जित निकालेको छ । सोमबार बिहान ८ बजे भएको खेलमा चर्च युथ क्लबले कर्रा युवा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ । चर्च युथ क्लबका सुजन छुमी म्यान अफ द म्याच हुनुभयो ।

यस्तै, दिउँसोको पहिलो खेलमा ११ ब्रदर्शले जीत निकालेको छ । दाजुभाई एफसीलाई १–० ले पराजित गरी ११ ब्रदर्शले जित निकालेको हो भने दिउँसो भएको दोस्रो खेलमा टिम ट्वान्टी फाइभले समाज कलयण युवा क्लबलाई २–० ले पराजित गरेको आयोजक कर्रा युथ क्लबका विष्णु माझीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ३० हजार, उपविजेताले १५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Exit mobile version