Home मुख्य समाचार बागमतीमा आउने वर्ष ४ दिन बिदा थप हुने

बागमतीमा आउने वर्ष ४ दिन बिदा थप हुने

मन्त्रीपरिषद् बैठक बस्दै ।

हेटौँडा : बागमती प्रदेश सरकारले आउने वर्ष (२०८२) मा ४ दिन सार्वजनिक बिदा थपिने भएको छ । बागमती प्रदेशको सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको हो ।

प्रदेश सरकारका प्रवक्ता एव्म आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो । उक्त निर्णयसँगै विगतमा पर्व र दिवस विशेषमा बिदा दिन क्याविनेट बस्नु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिनमा गरी ४ दिन बिदा दिने निर्णय भएको हो । मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा अघि बढ्ने उहाँले जानकारी गराउनुभयो । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा लागु हुने उहाँले बताउनुभयो । विगतमा प्रदेश सरकारले विभिन्न पर्व र अवसरमा ६ दिन मन्त्रिपरिषद् बैठकले निर्णय गरी बिदा दिने गरिएको थियो ।

Exit mobile version