Home मुख्य समाचार स्वतन्त्र पत्रकार संघ बाँकेको अध्यक्षमा मन भण्डारी

स्वतन्त्र पत्रकार संघ बाँकेको अध्यक्षमा मन भण्डारी

स्वतन्त्र पत्रकार संघ बाँकेको अध्यक्षमा सर्वसम्मत निर्वाचित मन भण्डारीलाई बधाई दिनुहुँदै राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला ।

हेटौँडा : स्वतन्त्र पत्रकार संघ बाँकेको अध्यक्षमा मन भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न चौथो अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

बाँके शाखा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा हेमराज भट्ट, सचिवमा माधव कार्की, सहसचिवमा शोभा थापा मगर र मुना बिष्ट चयन हुनुभयो । सदस्यमा रमेश सिटौला, तपेन्द्र मलाती, लोक बहादुर घर्ती र अशोक रावल चयन हुनुभयो । बाँकेमा २०६९ सालमा स्थापित स्वतन्त्र पत्रकार समाज पोखरामा केन्द्रीय कार्यालय भएको स्वतन्त्र पत्रकारहरुको संगठन स्वतन्त्र पत्रकार संघ नेपालमा आबद्ध भएको थियो । संघ कुनै पनि राजनीतिक आस्थासँग सम्बद्ध संघ, संगठनमा असंलग्न रहँदै आएका विभिन्न संचार माध्यमसँग आबद्ध संचारकर्मीहरुको साझा संस्था हो । पोखरामा केन्द्रीय कार्यालय रहेको स्वतन्त्र पत्रकार संघ मकवानपुरसहित देशका २५ जिल्लामा शाखा रहेको छ ।

अधिवेशनको उद्घाटन स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गर्नुभएको थियो । निष्पक्ष र स्वतन्त्र पत्रकारिता संकटमा परिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष बास्तोलाले पत्रकारिताको संस्थागत विकासका लागि स्वतन्त्र पत्रकारितामात्रै विकल्प रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, स्वतन्त्र पत्रकार संघ नेपालका पूर्ब लुम्बिनी प्रदेश संयोजक रमेश सिटौला, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी लगायतले बोल्नुभएको थियो ।

Exit mobile version