हेटौँडा : चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५, स्थितमुग्लिङमा माईक्रोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । सोमबार साँझ ६ बजेर ३५ मिनेटको समयमा सार्वजनिक शौचालय नजिक पृथ्वीराजमार्गमा काठमाडौबाट बेसी सहरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नम्बरको माईक्रोले ठक्कर दिँदा ६५ वर्षीया सुक माया गुरुङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
माईक्रोको ठक्करबाट गुरुङ गम्भिर घाइते भएकी थिइन् । गुरुङको स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा गुरुङको बेलुका ७ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माईक्रो चालक लम्जुङ जिल्लाको बेसीसहर नगरपालिका–६ बस्ने २२ वर्षीय सुरज रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









