Home खेलकुद बागमती गोल्डकपको फाइनल आज

बागमती गोल्डकपको फाइनल आज

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज सोमबार हुने भएको छ । बागमती–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि चर्चब्वाइज युनाइटेड क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्चब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो भने शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ गोलले हराउँदै साविक विजेतासमेत रहेको मछिन्द्र फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

Exit mobile version