मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडा: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होसारको अवसरमा २ भाषामा शुभकामना सन्देश जारी गर्नुभएको छ । मुख्यमन्त्री लामाले सरकारी कामकाजी भाषा ऐन २०८० लाई कार्यान्वयन गर्दै नेपाली र तामाङ भाषामा सोनाम ल्होसारको शुभकामना जारी गर्नुभएको हो ।

मुख्यमन्त्री लामाले सम्भोटा लीपीमा तामाङ भाषामा शुभकामना जारी गर्नुभएको हो । बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको गत माघ ११ मा बसेको बैठकले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार मुख्यमन्त्री लामाले शुभकामना सन्देश जारी गर्नुभएको हो । उहाँले सांस्कृतिक विविधता प्रदेशको सम्पदा भएको पनि शुभकामना सन्देश मार्फत् बतउनुभएको छ ।