Home मुख्य समाचार थाहा नगरको हिउँदे अधिवेशन सम्पन्न, विपद् प्रभावित पूर्वाधार मर्मतमा बजेट व्यवस्थापन

थाहा नगरको हिउँदे अधिवेशन सम्पन्न, विपद् प्रभावित पूर्वाधार मर्मतमा बजेट व्यवस्थापन

नगर सभालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख विष्णु बहादुर विष्ट ।

हेटौँडा ः मकवानपुरको थाहा नगरपालिकाले विपद् प्रभावित क्षेत्रलाई समेट्ने गरी चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । थाहा नगरपालिकाको शुक्रबार सम्पन्न नगरसभाले विपद्बाट क्षति पुगेका महत्वपूर्ण सडक पूर्वाधारको मर्मतका बजेट शिर्षक संशोधन गरेको हो ।

नगरसभाले विपद्बाट क्षति व्यहोरेको सडक पूर्वाधार खुलाउन तथा मर्मतका लागि १ करोड ३६ लाख रुपैयाँ बजेट रकमान्तर गर्ने गरी बजेट संशोधन गरेको थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकम विपद् प्रभावित सडक पूर्वाधारको अवरोध हटाउन लागेको खर्चको भुक्तानी गर्ने गरी संशोधन गरिएको हो ।

नगरसभाले केही आयोजनाहरु कार्यान्वयनका लागि संशोधन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । कार्यपालिका र विभिन्न विषयगत समितिले गरेका निर्णयहरु पनि नगरसभाबाट अनुमोदन गरिएको प्रमुख विष्टले जानकारी दिनुभयो । नगरसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन माथि छलफल गर्दै स्वीकृत गरेको छ ।

नगर सभामा सहभागी नगर सभा सदस्यहरु ।
Exit mobile version