हेटौँडाः मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० की ४४ वर्षीया छिरिङ स्याङ्तान चर्चमा मृत भेटिएकी छिन् ।
बुधबार साँझ साढे ५ बजेको समयमा चितवन जिल्लाको राप्ती नगरपालिका–२, गड्यौलीस्थित गड्यौली चर्चमा बस्दै आएकी स्याङ्तान ओछ्यानमा बेहोस अवस्थामा छोराछोरीले देखेपछि उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा स्याङ्तानको बुधबार साँझ ६ बजेर १५ मिनेटको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।