Home मुख्य समाचार संविधान पालना गर्नु सबैको दायित्व होः प्रदेश प्रमुख देवकोटा

संविधान पालना गर्नु सबैको दायित्व होः प्रदेश प्रमुख देवकोटा

जिसस मकवानपुुरको वार्षिक समीक्षा समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटा ।

हेटौँडाः बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विगतमा विकास गर्ने निकाय वर्तमानमा समन्वयको भूमिकामा रहेको बताउनुभएको छ । समन्वयकर्ताको भूमिकालाई न्यायोचित रुपमा अघि बढाउन उहाँले आग्रह समेत गर्नुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले संविधान सम्बद्ध हुन जरुरी रहेको बताउनुभयो । संविधान पालना गर्नु सबैको दायित्व रहेको बताउनुहुँदै जिल्ला समन्वय समितिले समन्वयात्मक भूमिकामा रहेर चुस्त, दुरुस्त कार्यसम्पादन गर्न बोलेर नभई गरेर देखाउनु पर्ने प्रदेश प्रमुख देवकोटा स्पष्ट पार्नुभयो ।

‘नेपालको संविधान २०७२ को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको व्यवस्था छ । उक्त संरचनाले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने छ’, प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, ‘हामीले बोलेर होइन गरेर देखाउनुपर्छ । किनकि मानिस सुन्न होईन देख्न चाहान्छ । जटिल परिस्थितिमा अनुकुलता खोज्न कुनै दल र स्वार्थ बिना मकवानपुरको माटो र जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।’

Exit mobile version