Home मुख्य समाचार प्रशासनिक खर्च बढाउँदै प्रदेश सरकारका बोर्डहरु

प्रशासनिक खर्च बढाउँदै प्रदेश सरकारका बोर्डहरु

प्रदेश सरकारका बोर्डहरु

हेटौँडाः बागमती प्रदेश सरकारले विभिन्न क्षेत्रका महत्वपूर्ण उपलब्धीसहित काम गर्नेगरी विभिन्न बोर्डहरु गठन गरेर काम गर्दै आएको छ । कानुनी रुपमा महत्वपूर्ण जिम्मेवारी र अधिकारसहित संरचनाको विकास गरेर प्रदेश सरकारले बोर्डहरु गठन गरेको हो ।

स्थापनाकालदेखि नै प्रदेश सरकारले उक्त बोर्डहरु गठन गरेर काम गर्दै आएको छ । प्रदेश सरकारले विशेषगरी सहकारी, कृषि, युवा तथा खेलकुद र यातायात क्षेत्रको बोर्डहरु गठन गरेको छ । उक्त क्षेत्रमा विशेष प्रतिफल तथा उपलब्धी हासिल गर्ने रणनीति अनुसार सुरु गरिएको उक्त बोर्डहरुको काम सन्तोषजनक देखिँदँन । उक्त बोर्डहरु प्रशासनिक खर्च बढाउन मात्र सीमित भएको देखिन्छ । कार्यालय संरचना, कर्मचारी, प्रशासनिक खर्च तथा बोर्डमा हुने राजनीतिक नियुक्तिका लागि मात्र उक्त बोर्डहरु गठन भएको अवस्था बागमतीमा विद्यमान रहेको छ ।

सरकारले निर्माण गरेको उक्त बोर्डहरुको ऐनमा विधागत क्षेत्रका महत्वपूर्ण उपलब्धीहरु प्राप्त गर्न गर्नुपर्ने कामहरु उल्लेख गरिएको छ । तर, ऐनमा भएको व्यवस्था अनुसार बोर्डहरुले काम गर्न सकेको देखिँदैन । सरकारले गठन गरेका बोर्डहरु जसोतसो चलेका छन् । चलेका बोर्डहरुको उपलब्धी समेत खासै देखिन सकेको छैन । केही बोर्डहरु महाशाखा जस्तै छन् भने केही बेकामे बनेर अलपत्र छन् । केही बोर्डहरु औपचारिकतामा मात्र सीमित छन् भने केही अस्तित्व नै सकिएको अवस्थामा रहेको छ । प्रदेश सरकारले पर्याप्त छलफल र अध्ययन बिना नै बोर्डहरु गठन गर्दा कार्यान्वयनमा समस्या भएको देखिन्छ ।

प्रदेश सरकारले गठन गरेको प्रदेश सहकारी बोर्ड जिम्मेवारी र अधिकारविहीन अवस्थामा अलपत्र बनेको छ । न बजेट छ न जिम्मेवारी नै पाउन सकेको छ । सहकारी क्षेत्रको विकासका लागि गठन भएको उक्त बोर्ड आफ्नै वृत्ति विकासको पर्खाइमा छ । सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठका अनुसार सहकारी बोर्डलाई जिम्मेवारी दिन जरुरी रहेको छ । सहकारीलाई उत्पादन र उत्पादकत्व वृद्धि तथा बजारीकरणमा प्रयोग गर्नेगरी उक्त बोर्डलाई सक्रिय बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । विगतमा सो बोर्डलाई सरकारले खासै चासो नदिँदा समस्यामा देखिएको उहाँले बताउनुभयो । छिट्टै नै सहकारी महाशाखा र बोर्डलाई एकीकृत गरेर अधिकार सम्पन्न बनाउने गरी काम गर्ने रणनीति बनाएको उहाँले बताउनुभयो ।

यता प्रदेशको दुग्ध विकास बोर्ड जसोतसो चलिरहेको छ । आफ्नै खाता संचालनको अधिकार पाएको उक्त बोर्डले जिम्मेवारी र अधिकार अनुसारको कार्य प्रारम्भ गर्न सकेको देखिदैन । बोर्ड मन्त्रालयको महाशाखाको शैलीमा बजेट कार्यक्रम कार्यान्वयनमा मात्र केन्द्रीत भएको देखिन्छ । बोर्डका निर्देशक रामप्रकाश प्रधानका अनुसार बोर्डले प्रदेशमा दूध र दुग्धजन्य पदार्थ उत्पादन तथा बजारीकरणमा काम गरिरहेको छ । बोर्डले नयाँ ढंगको कार्यक्रम तय नगरेपनि प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन यन्त्रिकरण तथा अनुदानका कार्यक्रमहरु संचालन गरिरहेको उहाँले बताउनुभयो । बोर्डले हेटौंडामा निर्माण भएको धुलो दूध कारखना संचालनका लागि आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

उता प्रदेश खेदकुद विकास परिषद् र युवा परिषद्को अवस्था पनि खासै फरक छैन । खेलकुद परिषद् पूर्वाधारमा मात्र केन्द्रीत हुँदा खेलाडी उत्पादन तथा प्रोत्साहनमा कमजोर बनिरहेको छ भने युवा परिषद् पुरानै शैलीको तालिम र कार्यक्रममा मग्न छ । खेलकुद परिषद्ले न खेलाडीको क्षमता विकासको काम गर्न सकेको छ भने न नै खेलकुदका गतिविधीलाई प्राथमिकता दिएको छ । यसवा परिषद्ले पनि उत्पादन तथा बजारीकरण र औद्योगिकीकरणमा युवा जनशक्तिको प्रयोग गर्ने योजना ल्याउने सकेको छैन । सीपमुलक तालिम तथा गोष्ठीमा सो परिषदले वार्षिक ९ करोड रुपैयाँ खर्च गर्दै आएको छ ।
प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्डको अस्तित्व संकटमा छ । सरकारको दम्भ र हठमा सुरु गरिएको विद्युतीय बस खरिद तथा संचालनको कार्यक्रमका लागि गठन गरिएको उक्त बोर्ड अहिले अस्तित्व समाप्तीको चरणमा छन् । गठन भएको केही समयमा नै हराएको उक्त बोर्डको न नाम भेटिन्छ न कुनै औपचारिकताको प्रमाण नै । बोर्ड गठन ताकाको खर्च विवरण समेत प्रदेश सरकारसँग छैन ।

मन्त्रालय विभाजनले छिन्नभिन्न बोर्ड
सरकारले निरन्तर रुपमा मन्त्रालय विभाजन गर्दा बोर्डको स्वामित्व र स्थायित्व नै कमजोर बन्दै गएको छ । पटक–पटक मन्त्रालय विभाजन हुँदा बोर्डको जिम्मेवारी, बजेट कार्यक्रम र अधिकार हस्तान्तरणको विषय समस्यामा पर्दै आएको छ । २०७८ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको सहकारी बोर्ड हाल सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत रहेको छ । उक्त बोर्डले कृषि मन्त्रालय हुँदै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र सहकारी तथा गरिवी निवारण मन्त्रालयको यात्रा गरिसकेको छ । मन्त्रालय विभाजनका कारण कानुनी प्रक्रियामा समस्या हुनुको साथै बजेट कार्यक्रम कार्यान्वयनमा नै समस्या हुने गरेको छ ।

यता तत्कालिन समयमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको खेलकुद परिषद् र युवा परिषद् हाल युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको छ । २०७८ मा पनि सो परिषद् छुट्टै मन्त्रालय गठन गरी अलग गरिएको थियो । २०७९ मा पुनः मन्त्रालय समायोजन गरी सामाजिक विकास मन्त्रालयमा कायम गरिएको उक्त परिषद् २०८१ मा पुनः युवा तथा खेलकुद मन्त्रालय विभाजन गरी सो अन्तर्गत राखिको छ ।

मन्त्रालय विभाजन गरी स्वामित्व सारिए पनि कानुनी अधिकार भने सामाजिक विकास मन्त्रालयमा नै रहेको छ । विभागीय युवा तथा खेलकुद मन्त्रालय भएपनि परिषद्को कानुनले चिन्न सक्ने कानुन निर्माण हुन सकेको छैन । कानुन संशोधन नहुँदा सो मन्त्रालयको अधिकार समेत कुण्ठित भइरहेको छ । परिषदको हरेक गतिविधीमा विभागिय मन्त्रालय भन्दा सामाजिक विकास मन्त्रालय नै निर्णायक हुने गरेको छ ।

मर्जरको असफल प्रयास
आर्थिक वर्ष २०७९/षणा नीति कार्यक्रममा नै सीमित बनेको थियो । सो लगत्तै २०८० को बजेट वक्तव्यमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश युवा परिषद् र प्रदेश खेलकुद विकास परिषद्लाई गाभ्ने घोषणा गरेको थियो । आवश्यक अध्ययन गरे उपलब्धी कमजोर भएका संरचनाहरुलाई गाभ्ने सरकारको रणनीति रहेको थियो ।

तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले परिषद्हरुलाई एकीकृत गर्न नीतिगत रुपमा काम सुरु गर्ने घोषणा गर्नुभएको थियो । तर, सरकारको घोषणा उक्त समयमा पनि कार्यान्वयन हुन सकेन । सो पश्चात प्रदेश सरकारको कमजोर कार्य सम्पादन र प्रतिफल नदिने बोर्ड तथा परिषद्हरु एकीकृत गर्ने योजना हराउएको छ । प्रदेश सरकारको यक्त योजना नीति कार्यक्रम तथा बजेट किताबबाट बाहिरिएको हो ।

Exit mobile version