Home मुख्य समाचार मोटरसाइकल अनियन्त्रीत भई पल्टदाँ चालक भुजेलको मृत्यु

मोटरसाइकल अनियन्त्रीत भई पल्टदाँ चालक भुजेलको मृत्यु

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२२, अम्रेला स्टेटमा मोटरसाइकल अनियन्त्रीत भई पल्टदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ वर्षीय अशोक भुजेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार बिहान १ बजेको समयमा बा प्र ०२–०५१ प १०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टंदा चालक भुजेल घाइते भएका थिए । घाइते भुजेललाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा बिहान २ बजेर १३ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version