Home अर्थ/व्यापार हेटौँडामा अलपत्र परेकालाई निशूल्क खाने बस्ने व्यवस्था

हेटौँडामा अलपत्र परेकालाई निशूल्क खाने बस्ने व्यवस्था

हेटौँडामा अलपत्र परेका यात्रुलाई निशूल्क खाने बस्ने व्यवस्था गरिएको सम्बन्धमा मकवानपुर उद्योग वाणिज्य संघले सार्वजनिक गरेको सूचना ।

हेटौँडाः वर्षासँगै बाढी, पहिरोका कारण अलपत्र परेका यात्रुलाई हेटौँडामा निशूल्क खाने, बस्ने व्यवस्था गरिएको छ । स्थानीय प्रशासनको प्रस्तावमा मकवानपुर उद्योग वाणिज्य संघले अलपत्र परेको यात्रुलाई खाने, बस्ने व्यवस्थाको जिम्मेवारी लिएको हो । आइतबार दिउँसो एक सूचना जारी गर्दै संघले अलपत्र यात्रुलाई खाने, बस्ने व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक सुजन सुवेदीका अनुसार संघका अध्यक्ष कृष्णकुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र प्रहरी प्रमुख सिताराम रिजालबीच छलफलपछि अपलपत्र यात्रुको व्यवस्थापन सम्बन्धी योजना तयार पारिएको हो । हेटौँडा बाहिर जिल्लाका कुनै ठाउँमा समस्यामा परेको भए पनि हेटौँडा आइपुगेपछि खाने, बस्ने व्यवस्था गरिने कार्यकारी सुवेदीको भनाइ छ ।

Exit mobile version