Home मुख्य समाचार सडक अवरुद्ध हुँदा फाखेलमा गर्भवतीको उद्दारमा समस्या

सडक अवरुद्ध हुँदा फाखेलमा गर्भवतीको उद्दारमा समस्या

हेटौँडाः वर्षाका कारण सडक अवरुद्ध भएपछि मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–४, फाखेलमा एक गर्भवती महिलाको उद्दारमा समस्या भएको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको भनी स्वास्थ्यकर्मीले अस्पताल लैजान भने पनि वर्षाका कारण बाटो बन्द रहेकोले ३१ वर्षीया गर्भवती बिमला थिङको उद्दारमा समस्या भएको स्थानीय श्रमिक लामाले जानकारी दिनुभएको छ ।

सुत्केरी व्यथा लागेपछि स्थानीय फाखेल स्वास्थ्य चौकी पुर्याइएकी थिङलाई स्वास्थ्य चौकीले सुत्केरी गराउन नसक्ने र अस्पताल लैजान भने पनि अस्पतालसम्म पुर्याउन समस्या भएको लामाले जानकारी दिनुभएको छ । “रातीको समय छ । गर्भवतीलाई सुत्केरी व्यथा लागेर समस्या भइसक्यो । रक्तचाप बढेर अवस्था जटिल बन्दैछ”, श्रमिक लामाले भन्नुभयो, “सडक अवरुद्ध हुँदा कसरी उद्दार गर्ने भन्नेमा कठिनाई भइरहेको छ ।”

Exit mobile version