प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आउनुभएका अमुल श्रेष्ठलाई स्वागत गर्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा अमुल श्रेष्ठले जिम्मेवारी सम्हाल्नुभएको छ । सोमबार गाउँपालिकामा उपस्थित भएर श्रेष्ठले जिम्मेवारी सम्हाल्नु भएको हो ।

गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले श्रेष्ठलाई स्वागत गर्नुभएको छ । श्रेष्ठले पहिलो पटक प्रमुख प्रशासकीयको रुपमा जिम्मेवारी सम्हाल्नुभएको हो । श्रेष्ठ कैलाशको चौथो प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । सोमबार नै पालिकाले यस अघिका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकालाई विदाई गरेको छ । रोका गत भदौ २५ गतेबाट कैलाशको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।