Home मुख्य समाचार सिस्नेरी–दक्षिणकाली सडकमा आगामी १२ दिनसम्म सवारी चलाउन रोक

सिस्नेरी–दक्षिणकाली सडकमा आगामी १२ दिनसम्म सवारी चलाउन रोक

हेटौँडाः हेटौंडा–काठमाडौं छोटो दुरीको सिस्नेरी–दक्षिणकाली सडकमा १२ दिन सवारी संचालनमा रोक लगाइएको छ । काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी संचालनमा रोक लगाइएको जनाएको छ ।

दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्न सवारी आवागमनमा रोक लगाइएको सूचनामा उल्लेख छ । नगर प्रमुख मोहन बस्नेतका अनुसार सडक कालोपत्रे गर्न सवारी चापका कारणले कठिनाई भएकाले असोज ८ गतेदेखि असोज १९ गतेसम्म (१२ दिन) सवारी साधनलाई रोक लगाइएको हो । नगरपालिकाले सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न, गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई समन्वयका लागि अग्रह गरेको छ ।

सो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडा अन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।

Exit mobile version