Home अर्थ/व्यापार ३६ लाख बराबर रुपैयाँ बराबरको अबैध सामान बरामद

३६ लाख बराबर रुपैयाँ बराबरको अबैध सामान बरामद

हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले ३६ लाख बराबर रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ । पथलैया बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार राती १० बजेको समयमा जीतपुर सिमरा उप–महानगरपालिका–१, पथलैया चोक स्थितमा वीरगंजबाट झापा तर्फ जाँदै गरेको ना ३ ख १६४३ नम्बरको ट्रकलाई सुरक्षा जाँच गर्दा अवैध सामान बरामद जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रहरीले ट्रकबाट स्रोत खुलाउन नसकेको ३६ लाख १२ हजार ४ सय ६८ रूपैयाम बराबरको कपडा, पेन्ट, मोटर पार्टस, चक्लेट र अन्य खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिएको थियो । अवैध सामान नियन्त्रणमा लिई थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारामा लगिएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version