हेटौँडाः हेटौँडा–२ स्थित आनन्द अग्रवालको घरमा डेरा गरी बस्ने २४ वर्षीय कृष्ण रुचाल मगर मृत भेटिएका छन् । सोमबार साँझ ७ बजेको समयमा कृष्ण मृत भेटिएको हो ।
भीमफेदी गाउँपालिका–५, धुसेनी घर भई हाल अग्रवालको घरमा भाडामा बस्दै आएका कृष्णलाई सुत्ने कोठाको भुईमा कृष्णको काकाकी छोरी रविना रुचाल मगरले बेहोस अवस्थामा देखी प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी पुगेर हेर्दा कृष्णको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।