Home खेलकुद राष्ट्रिय भेट्रान्सको खेल तालिका सार्वजनिक

राष्ट्रिय भेट्रान्सको खेल तालिका सार्वजनिक

हेटौंडाः यही भदौ २४ गतेबाट सुरु हुने तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ । रोटरी क्लब अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लबको सहआयोजना तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नागस्वरी भेट्रान्स र चितवन भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा १५ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख २ हजार २ सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोकृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ, सर्वोकृष्ट खेलाडीले ५ हजार रुपैयाँ, सर्वोकृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र फरवार्डले ५–५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको फाइनल खेल भदौ ३१ गते हुनेछ ।

पहिलो र दोस्रो संस्करणको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख रुपैयाँ र द्वितीय पुरस्कार ७५ हजार रुपैयाँ रहेकोमा यस वर्षबाट पुरस्कारको रकम बढाइएको हो । २०७२ सालको पहिलो संस्करण र २०७३ सालको प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको थियो ।

Exit mobile version