Home मुख्य समाचार हाजिरीजवाफ प्रतियोगितामा आधुनिक प्रथम

हाजिरीजवाफ प्रतियोगितामा आधुनिक प्रथम

हेटौंडाः श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा भएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हेटौंडा–४ को आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम भएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका–४ स्थित कृष्ण प्रणामी मन्दिर, अक्षरातितधाममा भएको माविस्तरीय हाजिरीफवाफ प्रतियोगितामा आधुनिक मावि प्रथम भएको हो ।

प्रतियोगितामा सहभागी १३ वटा विद्यालयमध्ये हेटौंडा–४ स्थित ब्रह्मदिक एकेडेमी द्वितीय र हेटौंडा–७ स्थित तासिर इङ्गलिस बोर्डिङ स्कूल तृतीय भएको परिषद्का जिल्ला उपाध्यक्ष नवराज ढकालले जानकारी दिनुभयो । प्रथम हुने आधुनिकको समूहमा पियुष शाह, विशाल पटेल र उत्कृष्टी सिम्खडा हुनुहुन्थ्यो । द्वितीय हुने ब्रह्मदिकको समूहमा सुबोध आचार्य, आभाष घिमिरे र कृष्मा लौडारी हुनुहुन्थ्यो । यस्तै, तृतीय हुने तासिरको समूहमा रुही अधिकारी, कुशल गौतम र साहस चौलागाई हुनुहुन्थ्यो ।

परिषद्ले प्रथम, द्वितीय र तृतीय हुने समूहलाई मेडल, प्रमाणपत्र र शैक्षिक साम्रगी प्रदान गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य रहेको थियो भने परिषद्का जिल्ला अध्यक्ष सुजन तिमल्सिनाको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा परिषद्ले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० मा राम्रो नतिजा ल्याएका दुईजना विद्यार्थीलाई सम्मान गरेको छ । परिषद्ले छात्रातर्पm प्रकृति तिमल्सिना र छात्रतर्पm विराज तिमल्सिनालाई प्रमाणपत्रसहित सम्मान गरेको ढकालले बताउनुभयो । यस्तै, परिषद्ले प्रणामी सम्प्रदायमा रहेर धर्म संरक्षण एवम् प्रवद्र्धनमा योगदान दिएका कविराज ढकाल र पतञ्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालाई सम्मान गरेको ढकालले बताउनुभएको छ ।

Exit mobile version