Home खेलकुद मन्त्री महर्जनले गरे गौरिटार रंगशालाको निरिक्षण, निर्माण कम्पनीलाई उपस्थित गराउन निर्देशन

मन्त्री महर्जनले गरे गौरिटार रंगशालाको निरिक्षण, निर्माण कम्पनीलाई उपस्थित गराउन निर्देशन

गौरिटार रंगशालाको निरिक्षण गर्नुहुँदै बामगती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण श्रेष्ठ

हेटौँडाः बामगती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले हेटौंडाको गौरीटार रंगशालाको स्थलगत अवलोकन गर्नु भएको छ । मन्त्री महर्जनले सोमबार बिहान हेटौंडा–६ स्थित गौरीटारमा निर्माणाधीन रंगशालाको निरिक्षण गर्नु भएको हो ।

मन्त्री महर्जनले गौरिटार रंगशालामा निर्माणाधीन त्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरिक्षणगर्नु भएको हो । मन्त्री महर्जनले गत बैशाखमा शिलान्यास गरिएको क्रिकेट रंगशाला र पौडी पोखरीको निरिक्षण गर्नु भएको हो । निरिक्षणका क्रममा मन्त्रालयका सचिव रुद्र प्रसाद लामिछाने र प्रदेश खेलकुद परिषदका इन्जिनियर निवेश बर्तौलाले व्रिफिङ गर्नु भएको थियो ।

प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेर निर्माण थालेको इन्जिनियर बर्तौलाले बताउनुभयो ।

उक्त रंगशालामा पहिलो चरणमा ६०० जना दर्शक क्षमताको एउटा प्यराफिट सहिता ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउण्ड भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने उहाँले बताउनुभयो ।

आगामी एक वर्ष भित्र सो संरचना निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्का मार्फत् काम भइरहेको प्रदेश खेलकुद विकास परिषदका इन्जिनियर बर्तौलाले बताउनुभयो ।

निरिक्षण पछि मन्त्री महर्जनले समय सिमा भित्रै निर्माण कार्य सम्पन्न गर्ने पहल र निर्माण कम्पनीलाई दवाव दिने बताउनुभयो । खेलकुद क्षेत्रमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेकाले प्रदेश सरकारले तत्काल निर्माण कम्पनीलाई उपस्थित गराएर काम छिटो सक्न निर्देशन गर्ने उहाँको भनाई छ । प्रदेश सरकारले खलकुद क्षेत्रको विकासका लागि स्तरिय खेलकुदका संरचनासंगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

उनले रंगशाला भित्र निर्माण भइरहेका २ वटै खेलकुद संरचनाको निर्माणको जिम्मा लिएका कम्पनीका प्रतिनिधिलाई उपस्थित गराउने निर्देशन समेत दिनुभएको छ । राज्यका निकायका कमजोरी, मन्त्रीहरुको खबरदारी नहुँदा खेलकुदका संरचनाहरु अलपत्र पर्ने गरेकाले त्यसलाई रोक्नुपर्ने उहाँले बताउनुभयो ।

केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) का रुपमा विकास गर्नेगरी तत्कालिन समयमा राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदका संचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म सो रंगशाला निर्माणले गति लिन सकेको थिएन । २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट शिलान्यास भएको गौरिटार रंगशालाको शिलान्यास गरेका थिए । गौरीटार रंगशालामा विभिन्न विधा १९ वटा विभिन्न खेलकुद सम्बन्धित संरचना निर्माण गरिने योजना अनुसार काम सुरु गरिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यसहित निर्माण गर्न लागिएको यस रंगशालामा फुटबल, भलिबल, क्रिकेटका लागि खेल मैदान, स्विमिङ पुल, छात्र र छात्रा होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने परिषद्को योजना थियो ।

देश संघीय संरचनामा गएसँगै रंगशाला निर्माणको काम प्रदेश सरकारअन्तर्गत रहेको उक्त आयोजनामा क्रमागतबाट बजेट विनियोजन गरिदै आएको छ । फुटबल ग्राउन्ड, रनिङ ट्र्याक सिन्थेटिक, भीआईपी प्यारापिट र लाइटिङ गरी ९० करोड रुपैयाँको लागत अनुमानसहित डीपीआर तयार पारेर काम गरिरहेको छ ।

Exit mobile version