Home मुख्य समाचार बहादुर सिं लामाद्वारा मुख्यमन्त्रीमा दावी पेश

बहादुर सिं लामाद्वारा मुख्यमन्त्रीमा दावी पेश

प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दावी पेश गर्नुहुँदै बागमती प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा ।

हेटौँडाः बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दावी पेश गर्नुभएको छ । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा एमाले र कांग्रेसका ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो । लामाले प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दावी पेश गर्नुभएको हो ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले साउन ८ गते मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आव्हान गर्नुभएको थियो । लामाले काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेश गर्नुभएको हो । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभामा सम्वोधनपछि प्रदेश प्रमुख शर्मा समक्ष राजिनामा बुझाउनुभएको थियो ।

Exit mobile version