Home मुख्य समाचार हेटौँडामा दुर्घटनामा परी कालिकोटका तिरुवाको मृत्यु

हेटौँडामा दुर्घटनामा परी कालिकोटका तिरुवाको मृत्यु

हेटौँडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, दारिमटारमा शनिबार दुर्घटनामा परी कालिकोटा जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षी रमेश तिरुवाको मृत्यु भएको छ ।

शनिबार साँझ साढे ६ बजेको समयमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना ७ त ४३७६ नम्बरको ट्याक्टरले हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बा ७० प ७१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार तिरुवा गम्भीर घाइते भएका थिए । हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा उपचारपछि शनिबार राती थप उपचारका लागि तिरुवालाई चितवन पठाइएको थियो । चितवनबाट पनि तिरुवालाई आइतबार बिहान ३ बजे काठमाडौं लगिएको थियो । काठमाडौं ट्रमा सेन्टरमा आइतबार बिहान ११ बजेको समयमा उपचारको क्रममा तिरुवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक चितवन जिल्लाको भरतपुर महानगरपालिका–५, तोरीखेतका ३७ बर्षीय मुस्कान घलान घाइते भएका छन् । ट्याक्टर चालक भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version