Home मुख्य समाचार क्रेनको पुल्ली मर्मत गर्ने क्रममा लडेर दहाल घाइते

क्रेनको पुल्ली मर्मत गर्ने क्रममा लडेर दहाल घाइते

हेटौँडाः हेटौँडा–५, भैरवरोडमा क्रेनको पुल्ली मर्मत गर्ने क्रममा लडेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हेटौँडा–१ चाईनाक्वाटरका ४० वर्षीय झलकचन्द्र दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

शनिबार बिहान १० बजेर २० मिनेटकोे समयमा दहाल भैरवरोडमा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रिय वर्कसपमा जडान गरिएको ओभरहेड क्रेनको पुल्ली मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । घाइते दहाललाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकोमा समान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version