हेटौँडाः हेटौँडा–२ स्थित गणपति बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौँडा–११ स्थित सीएमसी चुरेहिल अस्पतालबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ ।
बुधबार सहकारी र अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालले सहकारीका सेयर सदस्य र तिनका परिवारलाई स्वास्थ्य उपचारमा र होल बडी चेकअपमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । यस्तै औषधीमा पनि ७ प्रतिशत छुट दिने सहमति भएको छ । स्वास्थ्य सेवामा छुट दिने उद्देश्यले सहकारीका अध्यक्ष कमलराज मैनाली र अस्पतालका प्रवन्ध निर्देशक प्रकाश देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार सहकारीका २ हजार ५ सय ६२ जना सेयर सदस्य र तिनका परिवार लाभान्वित हुने छन् । सहकारी र अस्पतालबीचको सम्झौता गर्ने कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
