हेटौँडाः हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ । शुक्रबार र शनिबार २ दिन सञ्चालन हुने सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
उच्च शिक्षाका चुनौति, दीगोपना र विद्यार्थीले बीचमै पढाई छाड्ने दर न्यूनीकरणको विषयलाई केन्द्रित गरेर सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, खानेपानी, सिचाई तथा उर्जा मन्त्री एका लाल श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपछि प्रा.डा. विश्वराज जोशीलगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा देशभरका ६० भन्दा बढी क्याम्पसका करिब ३ सय प्राध्यापक, अनुसन्धाताको सहभागिता रहेको छ ।