हेटौंडाः नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशको आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् । बुधबार प्रदेश प्रहरी कार्यालयको परिसरमा भएको रक्तदान कार्यक्रममा ५५ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका इन्चार्ज टंक दहालले जानकारी दिनुभएको छ ।

रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको दहालले बताउनुभयो । रक्तदान कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बिष्णुकुमार केसी, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष सविना सिलवाललगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार बिहान ७ बजे हेटौंडा–४, पारिजातपथस्थित सिटिजन बैंकमा रक्तदान कार्यक्रम हुने उहाँले बताउनुभयो ।