Home मुख्य समाचार बागमती नाम तत्काल खारेज गर्नुपर्छः राजेन्द्र महतो

बागमती नाम तत्काल खारेज गर्नुपर्छः राजेन्द्र महतो

हेटौंडाः राष्ट्रिय मुक्ति क्रान्ति अभियानका केन्द्रीय संयोजक राजेन्द्र महतोले बागमती प्रदेशको नाम खारेज तत्काल गर्नुपर्ने बताउनुभएको छ । बुधबार हेटौंडामा भएको जनप्रदर्शनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

संयोजक महतोले सरकारले केही जातजातिहरुको भाषा, संस्कृति र अधिकार खोसेको आरोप लगाउनुभएको छ । उहाँले जातिको पहिचार र अधिकारलाई खोसेर प्रदेशको नाम अरु नै राखेको बताउनुभयो । उहाँले पहिचानको आधारमा बागमती प्रदेशको नाम तत्काल खारेज गरी ताम्सालिङ राख्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले देशमा एकलवाद राज्य प्रणाली रहेको भन्दै तत्काल बहुल राष्ट्रिय राज्यवाद हुनुपर्ने बताउनुभएको छ । उहाँले आ–आप्mनो पहिचानका लागि क्रान्ति गर्न आवश्यक रहेको बताउनुभएको छ । आफूहरु ३५ वर्षदेखि मधेसमा पहिचानका लागि लड्दै आइरहे पनि अझै अधिकार पाउन नसकेको भन्दै देशव्यापीरुपमा नै मोर्चा बनाएर अगाडि बढेको बताउनुभयो । एक्काएक्लै लड्दा अधिकार नपाएको भन्दै मोर्चा बनाएर अभियान सुरु गरेको महतोको भनाइ छ ।

कार्यक्रमका संयोजक बुद्ध छिरिङ मोक्तानले बागमती प्रदेशको नाम आफूहरुलाई स्वीकार्य नभएको बताउनुभयो । उहाँले अहिले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिएको भन्दै तत्काल खारेज गरेर ताम्सालिङ हुनुपर्ने बताउनुभयो । उहाँले अरुको उपनिवेशमा बस्नुपर्ने राज्य व्यवस्था आफूहरुलाई मान्य नहुने बताउनुभयो । उहाँले प्रदेशका नाम तत्काल खारेज नभएमा सिंहदरबार घेर्ने चेतावनीसमेत दिनुभएको छ ।

Exit mobile version