Home मुख्य समाचार जनप्रिय मावि व्यवस्थापन समिति अध्यक्षमा बस्ताकोटी

जनप्रिय मावि व्यवस्थापन समिति अध्यक्षमा बस्ताकोटी

हेटौंडाः हेटौंडा–१६ मा रहेको जनप्रिय नमुना माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनप्रसाद बस्ताकोटी चयन हुनुभएको छ । अभिभावक भेलाबाट आइतबार बस्ताकोटी अध्यक्षमा मनोनित हुनुभएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले जानकारी दिनुभयो ।

अभिभावक भेलाबाट ६ जना मनोनित हुनुभएकोमा बस्ताकोटी बहुमतले मनोनित हुनुभएको हो । मनोनित इन्द्रप्रसाद खतिवडा, गोविन्द दुलाल, सूर्यकला तिमल्सिना, सरस्वती गौतम, बिन्दा बिक समिति सदस्यमा चयन हुनुभएको प्रधानाध्यापक चौलागाईले जानकारी दिनुभयो । ९ सदस्य रहने विद्यालय व्यवस्थापन समितिको सदस्यसचिवमा विद्यालयका प्रधानाध्यापक रहनेछन् भने शिक्षकहरुको तर्फबाट एकजना शिक्षक प्रतिनिधि चयन हुनेछन् । साथै, सम्बन्धित वडाका वडा अध्यक्ष वा वडा सदस्य समितिको सदस्य रहनेछन् ।

Exit mobile version