Home अर्थ/व्यापार मकवानपुरका दुई संस्थालाई निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा आर्थिक सहयोग

मकवानपुरका दुई संस्थालाई निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा आर्थिक सहयोग

संस्थालाई निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा चेक हस्तान्तरण गरिदै ।

हेटौँडाः नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा मकवानपुरका दुई संस्थालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । शनिवार विहान निर्माण व्यवसायी महिला समन्वय समितिका पदाधिकारीहरू र निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरूको उपस्थितिमा आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

सेन्टर फर अटिजम र श्रीमद्भागवत ज्ञानसञ्चार वृद्धाश्रम श्री लक्ष्मी वैंकेटेश मन्दिरलाई रु.२५/२५ हजारको चेक उपलब्ध गराइएको हो । निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक गंगा पोख्रेलले समाजसेवा नै सबैभन्दा उत्कृष्ट सेवा भएकाले सबै पेशा र वर्गका मानिस समाजसेवामा लाग्नु पर्ने बताउनभुयो । निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र चौलागाईले निर्माण व्यवसायी महिला समन्वय समितिको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

Exit mobile version