Home मुख्य समाचार बागमती प्रदेशका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिने

बागमती प्रदेश सभामा विश्वासको मत लिने मिति तय गरिएको पत्र बुझाउनुहुँदै नेकपा माओवादी केन्द्रका मुख्यसचेतक ढकाल ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही चैत १९ गते विश्वासको मत लिनुहुने भएको छ । नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले आफ्नो पक्षमा बहुमत सुनिश्चित देखिएपछि विश्वासको मत लिन लाग्नुभएको हो ।

शुक्रबार बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्रका मुख्यसचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने मिति तय गरिएको पत्र बुझाउनुभएको छ । बिहिबार मात्रै सत्तारुढ दलले हाम्रो नेपाली पार्टी (हानेपा) को संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई सरकारमा सामेल गराएको थियो । हानेपाबाट बज्राचार्य मन्त्री भएको विषयमा भने पार्टीले आपत्ति जनाउँदै कारवाहीको चेतावनी दिएको छ ।

Exit mobile version