Home मुख्य समाचार गढी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गर्दै

गढी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गर्दै

मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अनुसार संघीय सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रमतर्फ मकैबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत् पचास प्रतिशत अनुदानमा मकैबालीको उन्नत बिउ वितरण गर्न लागेको कृषि प्राविधिक निर्मला देवकोटाले जानकारी दिनुभयो ।

गाउँपालिकाले २ टन रामपुर कम्पोजिट जातको मकैको बिउ वितरण गर्न लागेको उहाँले जानकारी दिनुभयो । १ सय १० देखि १ सय १५ दिनको अवधिमा पाक्ने मकैको बिउ प्रतिरोपनी १ किलोका दरले वितरण गर्न लागेको हो । कृषि प्राविधिक देवकोटाका अनुसार मकैको बिउ वडा तथा गाउँपालिकामा गठन भएको समूहबाट वितरण गरिनेछ ।

Exit mobile version